एनपिएलः काठमाडौँ गोर्खाजद्वारा चितवन राइनोजलाई १४३ रनको लक्ष्य

काठमाडौँ, १२ मङ्सिर । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आजको पहिलो खेलमा काठमाडौँ गोर्खाजले चितवन राइनोजलाई १४३ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौँ १९.४ ओभरमा १४२ रनमा अलआउट भयो। काठमाडौँका लागि जोन सिम्प्सनले सर्वाधिक ६० रन र मिलिन्द कुमारले ३८ रनको योगदान गरे।

चितवनका बलरतर्फ सोहेल तनभिरले ४ विकेट, कमल सिंह ऐरी र रञ्जित कुमारले २-२ विकेट लिए।
अंकतालिकामा कुशल मल्लको कप्तानीमा रहेको चितवन तीन खेलबाट चार अंक जोडेर तेस्रो स्थानमा छ।

करण केसीको नेतृत्वमा रहेको काठमाडौँले भने चार खेलमध्ये दुई खेलमा मात्र जित निकालेको छ।
आजै हुने दोस्रो खेलमा कर्णाली र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *