उपमेयर सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधि मनोनीत

काठमाडौँ, २७ मङ्सिर । काठमाडौँ महानगरपालिकाका उपमेयर सुनिता डंगोल नेकपा (एमाले) को ११औँ महाधिवेशनका लागि प्रतिनिधि चयन हुनुभएका छन्।

शुक्रबार बसेको एमाले सचिवालय बैठकले विधानबमोजिम कुल प्रतिनिधिको ५ प्रतिशत (१०८ जना) सदस्य मनोनीत गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार १०८ जनाको सूचीमा डंगोल पनि अटाउनुभएकाे हाे ।

उहाँलाई स्थानीय विकास विभाग क्लस्टरबाट प्रतिनिधि मनोनीत गरिएको हो। महाधिवेशन प्रतिनिधि बनेसँगै उपमेयर डंगोललाई एमालेको आगामी केन्द्रीय सदस्यको बलियो दाबेदारका रूपमा हेरिएको छ। एमालेको ११औँ महाधिवेशन आज (शनिबार) देखि भक्तपुरमा भइरहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *