अन्तर्राष्ट्रिय रेफ्री बब्लु एटियु इजुकेसन प्रोग्राममा

काठमाडौँ, पुस ३ गते । अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री बब्लु सिवाकोटीले दक्षिण कोरियाको सोलमा भएको एसियन तेक्वान्दो युनियन (एटियु) रेफ्री इजुकेसन प्रोग्राममा नेपालको प्रतिनिधित्व गर्नुभएको छ ।

विश्व तेक्वान्दो महासंघले परिवर्तित गरेको नया नियमहरुको अवलम्बन गर्न एसियन तेक्वान्दो यूनियनले एसियाका सबै देशबाट प्रतिनिधित्व हुने गरी रेफ्री छनौट गरी बोलाएर प्रशिक्षण् कार्यक्रम सञ्चालन गरेको हो । नेपालबाट सो कार्यक्रमका लागि सिवाकोटी चयन हुनुभएको हो । सोलस्थित नेसनल स्पोर्ट्स एकेडेमीमा गत बुधबार सुरु भएको सो कोर्स चार दिन चल्नेछ । सो रेफ्री कोर्समा ४० देशका एक सय जना रेफ्रीको सहभागिता रहेको छ ।

सिवाकोटीका अनुसार विश्वभरी आधिकारिक तेक्वान्दो प्रतियोगीतामा परिवर्तित नियम सन् २०२६ को जनवरी १ तारिखदेखि लागू हुनेछ । सो परिवर्तित नियम जापानमा हुने आगामी एसियाली खेलकुदमा पनि लागू हुनेछ ।