अमेरिकी डलरको भाउ १४४ रुपैयाँ नाघ्यो: यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, १७ पुस । नेपाल राष्ट्र बैंकले आज बिहीबार (जनवरी १) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। आजका लागि निर्धारित दरअनुसार अमेरिकी डलरको मूल्यमा सामान्य वृद्धि भई बिक्रीदर १४४ रुपैयाँ १० पैसा पुगेको छ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ५० पैसा र बिक्रीदर १४४ रुपैयाँ १० पैसा कायम गरिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ४८ पैसा र बिक्रीदर १६९ रुपैयाँ १९ पैसा तोकिएको छ।

युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९३ रुपैयाँ र बिक्रीदर १९३ रुपैयाँ ८१ पैसा रहेको छ भने स्वीस फ्र्याङ्क एकको खरिददर १८० रुपैयाँ ९४ पैसा र बिक्रीदर १८१ रुपैयाँ ६९ पैसा निर्धारण गरिएको छ। अष्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ३४ पैसा कायम भएको छ।

खाडी मुलुकका मुद्राहरूमा साउदी रियाल एकको खरिददर ३८ रुपैयाँ २६ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४२ पैसा, कतारी रियाल ३९ रुपैयाँ २६ पैसा र बिक्रीदर ३९ रुपैयाँ ४३ पैसा तथा युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३९ रुपैयाँ २४ पैसा रहेको छ।

यसैगरी, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५१ पैसा तथा भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने र वाणिज्य बैंकहरूले तोक्ने दर केही फरक हुन सक्ने जनाएको छ।