सेतीदेवी माविको ७३ औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न, पूर्व विद्यार्थीले गरे आधुनिक स्टीलकाे पाेडिएम सहयाेग
सिन्धुपाल्चाेक, २६ पुस । सिन्धुपाल्चाेककाे चाैतारा सागाचाेकगढी नगरपालिका वडा नं १ स्याउलेमा रहेकाे श्री सेतिदेवी माध्यमिक विद्यालयले ७३ औँ वार्षिकोत्सव २६ औं अभिभावक भेला तथा भूतपूर्व विद्यार्थी पुनर्मिलन समारोह विविध कार्यक्रमका साथ मनाएका छन् ।
विद्यालयको ७३औँ वार्षिकोत्सवकाे कार्यक्रम वागमती प्रदेशका पूर्व भौतिक तथा पुर्वाधार विकासमन्त्री युवराज दुलालकाे प्रमुख अतिथ्यतामा सम्पन्न भएकाे हाे । पूर्वमन्त्री दुलालले विद्यालयलाई निरन्तर साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै पूर्व विद्यार्थीहरूले विद्यालयमा निरन्तर साथ र सहयाेग गरिरहेकाे र अझैपनि शिक्षाकाे गुणस्तर उठाउन सहयात्री बनेर सहयाेग गर्नुपर्ने बताउनुभयाे । उहाँले ‘शिक्षामा सुधार नभएसम्म समाज बिकासको अन्य कार्य अपुरो रहने पनि बताउनुभयाे’
विद्यालयले विद्यालय परिसरभित्र पत्रु खाना तथा खाजा निषेध गरिएको, वालबिकास देखी कक्षा ६ सम्म अध्ययनरत विद्यार्थीहरुको लागि स्वस्थ र पोषिलो खाजाको प्रवन्ध मिलाएको जनाउँदै प्रधानाध्यापक सविन दंगालले वार्षिक आय व्ययसहितकाे कार्यपत्र सुनाउँदै साप्ताहिक अतिरिक्त कृयाकलाप सञ्चालन गरिएकाे जनाएकाे छ ।
कार्यक्रममा सेतिदेवी पूर्व विद्यार्थी एकता समाजले पूर्व प्रधानाध्यापक जगलाल श्रेष्ठ र नरमान श्रेष्ठलाई सम्मान गर्नुकासाथै समाजले पूर्व विद्यार्थीहरूबाट संकलित सहयाेग रकमले विद्यालयलाई आधुनिक स्टीलकाे पाेडिएम सहयाेग हस्तान्तरण गरेका छन् ।
कार्यक्रममा विद्यालयमा उत्कृष्ठ नतिजा दिएका शिक्षकहरू पञ्चलाल श्रेष्ठ, गाेविन्द पाैड्याल र वाङ्गेल लामालाई दाेसल्लासहित सम्मान गरेका थिए भने दिर्धसेवा पदक बाट शिक्षक सत्यराज बलम्पु सम्मानित भएका थिए । कार्यक्रममा विभिन्न सहयाेगी दाताहरूपनि सम्मानित भएका थिए ।
विद्यालयकाे वार्षिक उत्सवको अवसरमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियाे भने गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृद्धि प्रदान गरेका थिए ।
कार्यक्रम शिक्षक पञ्चलाल श्रेष्ठ तथा रामहरी शर्माले सञ्चानल गरेका थिए ।