माघ ४ गते राष्ट्रियसभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
काठमाडौँ, २८ पुस । सरकारले राष्ट्रियसभाको आगामी अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले आगामी माघ ४ गतेका लागि अधिवेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
संवैधानिक व्यवस्थाअनुसार सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन आह्वान गर्ने प्रावधान रहेको छ । सोही बमोजिम माघ ४ गते संसद्को माथिल्लो सदन राष्ट्रियसभाको बैठक बस्ने गरी सिफारिस गरिएको सरकारका एक मन्त्रीले जानकारी दिनुभयो ।
यस अधिवेशनमा विभिन्न विधेयकहरू र समसामयिक राजनीतिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।