प्रतिनिधिसभा निर्वाचन: काठमाडौँका १० वटै क्षेत्रमा निर्वाचन कार्यालय स्थापना, आज मनोनयन दर्ता (सूचीसहित)
काठमाडौँ, ६ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। निर्वाचन कार्यतालिका अनुसार आज (सोमबार) सबै निर्वाचन क्षेत्रमा उम्मेदवारहरूले आफ्नो मनोनयन पत्र दर्ता गराउने कार्यक्रम रहेको छ।
जिल्ला निर्वाचन कार्यालय काठमाडौँका अनुसार उम्मेदवारहरूको सहजताका लागि पायक पर्ने सरकारी भवन तथा सार्वजनिक स्थलहरूमा कार्यालय तोकिएको छ।
काठमाडौँका १० निर्वाचन क्षेत्रका कार्यालयहरू कहाँ–कहाँ छन्?
क्षेत्र नं. १: सहकारी प्रशिक्षण केन्द्र, नयाँ बानेश्वर।
क्षेत्र नं. २: कागेश्वरी मनोहरा नगरपालिकाको नगर भवन।
क्षेत्र नं. ३: गोकर्णेश्वर नगरपालिका, वडा नं. ४ को कार्यालय।
क्षेत्र नं. ४: बूढानीलकण्ठ नगरपालिका, ज्येष्ठ नागरिक समाज भवन, चपली।
क्षेत्र नं. ५: टोखा नगरपालिका, श्री समाज भवन।
क्षेत्र नं. ६: तारकेश्वर नगरपालिकाको भवन, धर्मस्थली।
क्षेत्र नं. ७: बहुउद्देश्यीय मार्सल आर्टस् केन्द्र (जुडो हल), खुसिबु, बालाजु।
क्षेत्र नं. ८: नागार्जुन नगरपालिकाको कार्यालय भवन।
क्षेत्र नं. ९: चन्द्रागिरि नगरपालिकाको कार्यालय भवन।
क्षेत्र नं. १०: कीर्तिपुर नगरपालिका, वडा नं. २ को भवन, बाघभैरव।
काठमाडौँका साथै छिमेकी जिल्लाहरू ललितपुर र भक्तपुरमा पनि पायक पर्ने स्थानमा निर्वाचन अधिकृतका कार्यालयहरू स्थापना भई सञ्चालनमा आइसकेका छन्।
आज मनोनयन दर्ताका लागि राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरू बाजागाजा र जुलुससहित निर्वाचन कार्यालय पुग्ने तयारीमा छन्। निर्वाचन आयोगले मनोनयन दर्ता गर्दा आचारसंहिताको पूर्ण पालना गर्न र भीडभाड नियन्त्रणमा सहयोग गर्न सबैमा अपिल गरेको छ। सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै सबै निर्वाचन कार्यालयहरूमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।