रुपन्देहीमा बस दुर्घटना: २१ विद्यार्थी घाइते, १३ जनाको मेडिकल कलेजमा उपचार हुँदै

रुपन्देही, २० माघ । रुपन्देहीको बसन्तपुरमा आज बिहान बस र ट्याक्टर ठोक्किँदा २१ जना विद्यार्थी घाइते भएका छन् । नवलपरासीबाट विद्यार्थी बोकेर भैरहवातर्फ आइरहेको लु १ ख ८६७५ नम्बरको बसले धान लोड भएको लु ३ त ३५३० नम्बरको ट्याक्टरलाई ठक्कर दिएको हो ।

दुर्घटनामा शान्ति नमूना माविका विद्यार्थीहरू घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये १७ जनाको भैरहवाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ४ जना सामान्य उपचारपछि घर फर्किएका छन् । दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।