नेपाली कांग्रेस केन्द्रीय कार्यालयको कार्यवाहक मुख्य सचिवको कार्यभार सचिव दुलाललाई

काठमाडौँ, माघ २१ ।  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी विधानको अधिकार प्रयोग गर्दै केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद दुलाललाई कार्यवाहक मुख्य सचिवको जिम्मेवारी प्रदान गर्नुभएको छ ।

केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माका अनुसार, पूर्व मुख्य सचिव कृष्णप्रसाद पौडेलले माघ ८ गते बुझाउनुभएको राजीनामा आजैका मितिबाट स्वीकृत भएको छ । रिक्त पदमा अर्को स्थायी व्यवस्था नहुञ्जेलसम्मका लागि दुलाललाई प्रशासनिक नेतृत्व सम्हाल्ने गरी कार्यवाहकको जिम्मेवारी सुम्पिएको हो ।