कर्णालीमा रास्वपालाई ठूलो धक्का : प्रदेश महामन्त्री र सुर्खेत कार्यवाहक सभापति कांग्रेसमा प्रवेश

सुर्खेत, १७ फागुन । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा कर्णाली प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई ठूलो धक्का लागेको छ। रास्वपा कर्णाली प्रदेशकी महामन्त्री चन्द्रा बिक र सुर्खेत जिल्ला कार्यवाहक सभापति जगत बस्नेत पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

आइतबार बिहान सुर्खेतमा आयोजित एक विशेष समारोहका बीच उनीहरू कांग्रेसमा समाहित भएका हुन्। नवप्रवेशी नेताद्वयसहित रास्वपा परित्याग गरेका दर्जनौँ नेता तथा कार्यकर्तालाई कांग्रेस केन्द्रीय उपसभापति विश्वप्रकाश शर्माले खादा र माला लगाएर पार्टीमा स्वागत गरे।

चुनावी सरगर्मी बढेसँगै विभिन्न नयाँ तथा पुराना दल परित्याग गरी देशको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी कांग्रेसमा जोडिनेहरूको लहर चलेको छ।

नेतृत्वप्रति असन्तुष्टि जनाउँदै रास्वपाका प्रभावशाली स्थानीय नेताहरू नै कांग्रेसमा भित्रिएपछि कर्णालीमा कांग्रेसको माहोल थप उत्साहित बनेको छ। पछिल्लो समय सुर्खेतलगायतका जिल्लाहरूमा रास्वपा र अन्य दल छाडेर कांग्रेसमा प्रवेश गर्नेहरूको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *