भक्तपुरका दुवै क्षेत्रमा रास्वपाको अग्रता: क्षेत्र नं १ मा रुकेश र २ मा राजीव अगाडि (विवरणसहित)

भक्तपुर, २२ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहँदा भक्तपुरका दुवै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुरुवाती अग्रता लिएको छ। जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको पछिल्लो मतपरिणाम अनुसार भक्तपुर–१ र २ दुवैमा रास्वपाका उम्मेदवारहरू प्रतिस्पर्धीभन्दा अगाडि देखिएका हुन्।

क्षेत्र नं १: प्रेम सुवाललाई उछिन्दै रुकेशको अग्रता
भक्तपुर क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवार रुकेश रन्जितले तीन हजार ४५२ मतका साथ अग्रता लिनुभएको छ। उहाँलाई नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का प्रभावशाली नेता प्रेम सुवालले एक हजार ९८२ मतका साथ पछ्याइरहनुभएको छ। यस्तै, नेपाली कांग्रेसका किरण न्यौपाने ५१९ मतका साथ तेस्रो स्थानमा हुनुहुन्छ।

क्षेत्र नं २: महेश बस्नेतभन्दा राजीव खत्री अगाडि
भक्तपुर क्षेत्र नम्बर २ मा पनि रास्वपाकै राजीव खत्रीले आफ्नो पकड बलियो बनाउनुभएको छ। खत्रीले दुई हजार मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले एक हजार २८१ मत प्राप्त गर्नुभएको छ। यहाँ नेपाली कांग्रेसका कविर राणा १७४ मतका साथ निकै पछाडि देखिनुभएको छ।

नेमकिपा र एमालेको बलियो गढ मानिने भक्तपुरका दुवै क्षेत्रमा रास्वपाको सुरुवाती अग्रताले राजनीतिक वृत्तमा नयाँ तरङ्ग पैदा गरेको छ। अहिले मतगणना कार्य सुचारु छ र थप परिणाम आउने क्रम जारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *