समानुपातिकतर्फ १ करोड ४ लाख मतगणना पूरा, ५० लाख मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी अग्रस्थानमा

काठमाडौँ, २६ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगका अनुसार हालसम्म १ करोड ४ लाख ३८ हजार ७५० मतगणना सम्पन्न भएको छ भने अब करिब ५ लाख मत मात्र गन्न बाँकी छ।

आयोगले सार्वजनिक गरेको पछिल्लो मतपरिणाम अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी सर्वाधिक मत प्राप्त गर्दै पहिलो स्थानमा देखिएको छ। उक्त पार्टीले हालसम्म ५० लाख ११ हजार ८९१ मत प्राप्त गरेको छ।

त्यसैगरी दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १६ लाख ९४ हजार ८८४ मत ल्याएको छ भने नेकपा (एमाले) १४ लाख १२ हजार ८५३ मतसहित तेस्रो स्थानमा रहेको छ।

अन्य दलहरूतर्फ, नेपाली कम्युनिष्ट पार्टीले ७ लाख ६७ हजार ९९९ मत र श्रम संस्कृति पार्टीले ३ लाख ५८ हजार ४६७ मत प्राप्त गरेका छन्। त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३ लाख २५ हजार ३२४ मत पाएको निर्वाचन आयोगले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *