काठमाडौँदेखि कैलालीसम्म प्रहरीको सक्रियता : लागुऔषधसहित ७ जना पक्राउ
काठमाडौं, ८ चैत्र । नेपाल प्रहरीले देशका विभिन्न स्थानमा गरेको नियमित गस्ती र चेकजाँचका क्रममा खैरो हेरोइन र गाँजासहित सात जनालाई पक्राउ गरेको छ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बुधबार राति काठमाडौँसहित पूर्व र सुदूरपश्चिमका विभिन्न जिल्लाबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
काठमाडौँ :बूढानीलकण्ठ नगरपालिका–१० बाट १ जना पक्राउ।
सुनसरी : इनरुवा नगरपालिका–४ (बसचोक) बाट २ जना र धरान उपमहानगरपालिका–१५ बाट १ जना पक्राउ। (उनीहरूको साथबाट खैरो हेरोइन र गाँजा बरामद)
झापा : विर्तामोड नगरपालिका–३ बाट १ जना खैरो हेरोइनसहित पक्राउ।
कैलाली :धनगढी उपमहानगरपालिका–१० (घुइया) बाट १ जना खैरो हेरोइनसहित पक्राउ।
कञ्चनपुर : बेलौरी नगरपालिका–१० (पन्तचोक) बाट १ जना खैरो हेरोइनसहित पक्राउ। पक्राउ परेका सबैमाथि प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।