तारकेश्वरमा गिजरबाट करेन्ट लाग्दा २२ वर्षीया युवतीको मृत्यु

काठमाडौँ, ९ वैशाख । काठमाडौँको तारकेश्वर नगरपालिका–१०, मनमैजुस्थित शिवनगर टोलमा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ। ज्यान गुमाउनेमा सोही ठाउँकी २२ वर्षीया सन्श्री श्रेष्ठ रहेकी छन्।

प्रहरीका अनुसार, मंगलबार राति आफ्नै घरमा जडान गरिएको पानी तताउने गिजर जाँच गर्ने (चेक गर्ने) क्रममा उनलाई करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएकी श्रेष्ठलाई तत्कालै उपचारका लागि स्थानीय शुभम् अस्पताल पुर्‍याइएको थियो। तर, उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

यस घटनाका सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *