सोमबार कांग्रेस केन्द्रीय कार्यसम्पादन र अनुशासन समितिको बैठक बस्ने

काठमाडौँ, १३ वैशाख । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आगामी सोमबार बस्ने भएको छ। सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजेका लागि उक्त बैठक बोलाइएको हो।

पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले एक विज्ञप्ति जारी गर्दै बैठकबारे जानकारी दिएका हुन्। उनले समितिका सबै पदाधिकारी एवं सदस्यहरूलाई निर्धारित समयमै बैठकमा उपस्थित हुन अनुरोध गरेका छन्।

यसैगरी, सोमबार नै कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक पनि बस्ने भएको छ। अनुशासन समितिका सचिव दिनेश थापामगरले छुट्टै सूचना जारी गर्दै दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमै बैठक बस्ने जानकारी दिएका हुन्।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *