सूर्यविनायकको राष्ट्रिय प्राणी उद्यान परियोजना अलपत्र अवस्थामा, के बाेले काँक्राबारी जग्गा प्लटिङ बारे सांसद राजीव खत्रीले ?

भक्तपुर, २५ बैशाख । भक्तपुरको सूर्यविनायक नगरपालिकामा रहेकाे अन्तर्राष्ट्रियस्तरको चिडियाखाना बनाउने लक्ष्यसहित शिलान्यास गरिएको राष्ट्रिय प्राणी उद्यान नौ वर्ष बित्दा पनि अलपत्र अवस्थामा पुगेको छ ।

२०७१ सालमा मन्त्रिपरिषद्ले २ सय ४५ हेक्टर वन क्षेत्रमा उद्यान निर्माण गर्ने निर्णय गरेको थियो भने २०७३ असार ९ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । तर हालसम्म परियोजनाले गति लिन सकेको छैन ।

उद्यानकी कार्यालय प्रमुख कुसुम नेपाल का अनुसार अहिले कार्यालय सञ्चालन र कर्मचारी तलबका लागि मात्रै बजेट आउने गरेको छ । कर्मचारी संख्या पनि घटाइएको उनले बताइन् ।

भक्तपुर–२ का सांसद राजीब खत्रीले आगामी बजेटबाट परियोजनाको काम अघि बढाउने प्रतिबद्धता जनाएका छन् । स्थानीय जनप्रतिनिधिहरूले भने परियोजना ढिलाइ हुँदा चितुवा आक्रमणजस्ता जोखिम बढेको भन्दै सरकारलाई शीघ्र काम अघि बढाउन आग्रह गरेका छन् ।

त्यसैक्रममा भ्रष्टाचार निवारण अभियानका अभियन्ता प्रेमध्वज माेक्तानले काँक्राबारीमा सामुदायिक बन मासेर जग्गा प्लटिङ भइरहेकाेबारे मुद्दा मामिला भइरहेकाे जानकारी गराइएकाे थियाे भने सांसद राजीब खत्रीले काँक्राबारीकाे सामुदायिक बन मासेर गरिएकाे जग्गा प्लटिङका बारे मिहिन ढंगले अनुसन्धान गरेर कार्वाही प्रकृया अगाडी बढाउने बचन दिइएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *