बासु माध्यमिक विद्यालयद्वारा एसईईका विद्यार्थीलाई मार्गदर्शन, शैक्षिक संस्थाकाे भिडमा गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता

भक्तपुर, ३ जेठ । भक्तपुरको ब्यासीस्थित प्रतिष्ठित शैक्षिक संस्था बासु माध्यमिक विद्यालयले एसईई २०८२ ब्याचका नयाँ विद्यार्थीहरूलाई मार्गदर्शनसहितकाे विशेष कार्यक्रमको आयोजना गरेकाे छ।

विद्यालयले एसईई दिएका विद्यार्थीलाई मार्गदर्शन गर्ने उद्देश्यका साथ यो कार्यक्रम सञ्चालन गरेकाे हो। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शिक्षा केवल पाठ्यपुस्तकमा सीमित नभई विद्यार्थीको चरित्र निर्माणकाे महत्वपूर्ण चरण रहेकाे बताउँदै सामाजिक उत्तरदायित्व तथा व्यवहारिक जीवनसँग जोडिनुपर्ने बताउनुभयो । उहाँले एसईईका विद्यार्थीलाई मार्गनिर्देशनसहित समुदायबिचको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्नुभयाे ।

अभिभावकले विद्यार्थीलाई लगानी गरेर प्रतिस्पर्धा गर्न सक्ने बनाउनका लागि लगानी गरेकाे भन्दै उहाँले अनुशासित र देशभक्त नागरिक बन्न उत्प्रेरणा दिनुभयाे साथै जुनसुकै विषय लिएर पढेपनि विज्ञ बन्न विद्यार्थीलाई सुझाव दिनुभयाे ।

प्रमुख प्रजापतिले विद्यार्थीलाई परिक्षण आफैबाट गर्नुपर्ने बताउँदै आफै सक्षम हुनुपर्ने बताउनुभयाे । साथै उहाँले गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय, अभिभावक र समुदायबिचको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्नुभयाे ।

वि.सं. २०१९ मा स्थापना भएको बासु माध्यमिक विद्यालयले आफ्नो शैक्षिक परम्परालाई निरन्तरता दिँदै नयाँ सत्रका विद्यार्थीहरूलाई विद्यालयको वातावरण र शैक्षिक पद्धतिसँग परिचित गराउन यो समारोह आयोजना गरेको जनाएको छ।

विद्यालयले शिक्षामा गुणस्तर र संस्कारलाई प्राथमिकतामा राख्दै आगामी दिनमा सत प्रतिशत नतिजा ल्याउन शैक्षिक वातावरण सुधार्ने, अनुशासन र संस्कारमूलक शिक्षा तथा विद्यार्थीमैत्री सिकाइ प्रणाली अवलम्वन गर्ने जनाएका छन् । शनिबार आयोजित कार्यक्रममा अभिभावक, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेकाे थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *