भेनेजुएला भूकम्पमा मृत्यु हुनेको सङ्ख्या १ हजार ९४३ पुग्यो, ५० हजार नागरिक अझै बेपत्ता

एजेन्सी, १७ असार । दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा हालै गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या १ हजार ९४३ पुगेको छ। भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जोर्ज रोड्रिग्जले भूकम्पमा परी अहिलेसम्म १० हजार ५०० भन्दा बढी मानिस गम्भीर घाइते भएको औपचारिक घोषणा गर्नुभएको हो।

अध्यक्ष रोड्रिग्जले जारी गर्नुभएको प्रेस विज्ञप्ति अनुसार भूकम्पबाट अति प्रभावित क्षेत्रमा हालसम्म १५ हजारभन्दा बढी मानिस विस्थापित तथा प्रभावित भएको सूचीकृत गरिएको छ। उद्धार र राहत कार्य सुरु भएयता हालसम्म ६ हजार ४६१ जनाको भग्नावशेषबाट जीवितै उद्धार गरिएको छ। भूकम्पका कारण भत्किएका भौतिक संरचनाहरूमा पुरिएर हजारौँ मानिस अझै बेपत्ता रहेको र उनीहरूको खोजी भइरहेको उहाँले जानकारी दिनुभयो।

यसैबीच, संयुक्त राष्ट्र सङ्घ (यूएन) ले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार भूकम्प प्रभावित क्षेत्रमा करिब ५० हजार मानिस अझै बेपत्ता रहेका छन्। बेपत्ता नागरिकहरूको खोजी र घाइतेहरूको उद्धारका लागि आन्तरिक तथा अन्तर्राष्ट्रिय उद्धार टोलीहरू घटनास्थलमा निरन्तर परिचालित छन्। शक्तिशाली भूकम्पका कारण भेनेजुएलाका विभिन्न सहरहरूमा ठूलो भौतिक तथा मानवीय क्षति भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *