चौबीस घण्टामा सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा मापन

काठमाडौँ, ३ साउन । बितेको २४ घण्टाको अवधिमा मुलुकभर सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा रेकर्ड गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार अमरपुरमा १०७ मिलिमिटर वर्षा मापन गरिएको हो।

विभागका मौसमविद् डेविड ढकालका अनुसार सोही अवधिमा सिन्धुपाल्चोकमा १०३ मिलिमिटर र पश्चिम नवलपरासी (परासी) मा ६९ मिलिमिटर वर्षा भएको छ। मनसुन सक्रिय रहेका कारण देशका विभिन्न भू-भागमा वर्षा हुने क्रम जारी रहेको विभागले जनाएको छ।