त्रिविको वार्षिक दिवस कार्यक्रमबाहिर शिक्षामन्त्री पोख्रेलविरुद्ध प्रदर्शन

काठमाडौँ, ७ साउन । त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस समारोह स्थल बाहिर शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोख्रेलविरुद्ध युवाहरूले प्रदर्शन गरेका छन्।

विश्वविद्यालयको वार्षिक दिवस कार्यक्रममा सहभागी हुन पुग्नुभएका शिक्षामन्त्री पोख्रेललाई लक्षित गरी युवाहरूले नाराबाजी र प्रदर्शन गरेका थिए। प्रदर्शनकारीहरूले विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप बन्द गर्नुपर्ने, योग्यता प्रणाली (मेरिटोक्रेसी) लागू गर्नुपर्ने तथा कुलपतिमा प्रधानमन्त्री र सहकुलपतिमा शिक्षामन्त्री रहने विद्यमान व्यवस्था खारेज गर्नुपर्ने मागसहितका प्लेकार्ड प्रदर्शन गरेका थिए।

कार्यक्रम स्थल बाहिर विरोध प्रदर्शन र नाराबाजी सुरु भएपछि सुरक्षार्थ खटिएको प्रहरी टोलीले प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिएको लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *