यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

काठमाडौं, २ असोज । बाढी पूर्वानुमान महाशाखाले शुक्रबार बिहान जारी गरेको बुलेटिन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र तिनका सहायक नदीहरूसँगै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तल रहेको जानकारी दिएको छ।

महाशाखाका अनुसार आगामी ३ दिनको जलसतह तथा बाढीको अवस्था विश्लेषण गर्दा प्रमुख नदीहरूमा बहाव बढ्ने क्रम जारी रहने छ।

आज अरुण (सिम्ले), त्रिशुली (बेत्रावती), बुढीगण्डकी (आरूघाट), मस्याङ्दी (विमलनगर), सेती (दमौली), कालिगण्डकी (कुमालगाउँ), कन्काई (मैनाचुली) र कमला नदी (वेलसोत) मा जलसतह उल्लेखनीय रूपमा बढ्ने छ। अन्य प्रमुख नदीहरू जस्तै सप्तकोशी, तमोर, दुधकोशी, तामाकोशी, सुनकोशी, कर्णाली, भेरी, पश्चिम सेती, महाकाली, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबईमा आज बहाव सामान्य रूपमा बढ्ने प्रक्षेपण गरिएको छ।

भोलिभने नारायणी (देवघाट) र बागमती (पधेरादोभान) मा बहाव सामान्य रूपमा बढ्ने छ भने अन्य अधिकांश प्रमुख नदीहरूमा जलसतह उल्लेखनीय रूपमा बढ्ने महाशाखाले जनाएको छ। कर्णाली नदीका विभिन्न स्थानहरूमा भोलि बहाव सामान्य बढ्ने छ। त्यस्तै पर्सी कोशी, नारायणी, कर्णाली, महाकाली र बागमतीका प्रमुख (हायक नदीहरूमा बहाव उल्लेखनीय रूपमा बढ्ने पूर्वानुमान छ।

आज ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, भोजपुर, उदयपुर, सिन्धुली, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा, दोलखा, रामेछाप, सिन्धुपालचोक, काभ्रेपलान्चोक, रसुवा, नुवाकोट, काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, गोरखा, लमजुङ, तनहुँ, जाजरकोट, दैलेख, सुर्खेत, सल्यान, बाँके, हुम्ला, बझाङ, दार्चुला आसपासका जिल्ला भई बहने स(साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने छ। यी क्षेत्रका नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ।’

भोलि सुदूरपश्चिम, लुम्बिनी, मधेस र कोशी प्रदेश भई बहने केही स–साना नदीहरूमा बहाव आकस्मिक बढ्न सक्ने छ। पर्सी भने सातै प्रदेश भई बहने केही स(साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने भएकाले तटीय तथा जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *