एमाले केन्द्रीय कमिटी बैठकमा तीन दर्जन बढीले धारणा राखे, पार्टी एकताबद्ध बनाउनुपर्ने अधिकांशको धारणा

काठमाडौँ, ६ असोज । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक जारी छ । अहिलेसम्म करीब तीन दर्जन केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखेका छन् । धारणा राख्ने अधिकांशले पार्टीलाई एकतावद्ध बनाएर लैजानुपर्ने धारणा राखेका छन् । अहिलेको जटिल परिस्थिति र एमालेमाथि प्रहार भैरहेका बेला एकताबद्ध भएर अघि बढ्नुको विकल्प नभएको भन्दै केन्द्रीय सदस्यहरुले सकारात्मक धारणा राखेको प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिनुभयो । एमाले सचिव महेश बस्नेतका अनुसार सकेसम्म बैठक आजै सम्पन्न गर्ने तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *