पहिरोले घर पुरिँदा एकको मृत्यु
घर माथिबाट खसेको पहिरोमा पुरिएर मृत्यु
काठमाडौँ, असोज १०। बिहीबारदेखि परेको अविरल वर्षाका कारण आएको पहिरोले घर पुरिँदा बागलुङको ताराखोलामा एक जनाको मृत्यु भएको छ ।
ताराखोला गाउँपालिका ५ धस्मरका ५९ वर्षीय मनबहादुर रोकाको गए राति घर माथिबाट खसेको पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंले जानकारी दिनुभयो ।
प्रहरी उपरीक्षक प्रसाईंका अनुसार पहिरोले घरमा आंशिक क्षति पुर्याएको छ । पहिरो खस्दा रोका सुत्ने कोठामै रहेकाले पुरिनुभएको उहाँले बताउनुभयो ।
पहिरोमा पुरिएको रोकाको शव स्थानीयवासीको सहयोगमा निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
