एमालेमा २८ जना केन्द्रीय सदस्य मनोनीत(सूचीसहित)

काठमाडौं, ८ असोज । नेकपा (एमाले) ले २८ जना नेतालाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गर्नुभएको हो । सचिवालय बैठकपछि बसेको केन्द्रीय कमिटी बैठकमा मनोनीत गरिएका केन्द्रीय सदस्यहरूको नाम जानकारी गराइएको एक नेताले बताए ।

मनोनीत हुनेहरूमा काशीनाथ अधिकारी, देवराज घिमिरे, बिमला घिमिरे, शिवमाया तुम्बाहाम्फे, हरि घिमिरे, प्रेम दंगाल, पासाङ शेर्पा, नरेन्द्र भट्टराई, शान्तिलाल महत र नन्दलाल देवकोटा रहेका छन् ।

त्यस्तै पाल्तेन शेर्पा जी गुरुङ, बिनोद पाण्डे, पुष्पा श्रेष्ठ, जानुका सिम्खडा, कौशला खत्री, महमुद इष्ट्याक, प्रमोद यादव, डा. अब्दुल हुसैन, भवानी खापुङ, दीपक साउद, जया गोले, बाबी चाम्लिङ, श्रीप्रसाद शर्मा, धर्म निरौला, ध्रुवराज बिष्ट, अर्जुन राई, धर्म गिरी र जी. गुरुङ पनि केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।

एमालेको जारी केन्द्रीय कमिटी बैठकमा पार्टीको सांगठनिक संरचना तथा विभिन्न कमिटी गठन र मनोनयनसम्बन्धी विषयमा छलफल भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *