सुनको मूल्य ५ सय र चाँदीको ३० रुपैयाँले घट्यो

काठमाडौं, ९ असाेज । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ५ सय रुपैयाँ र चाँदी ३० रुपैयाँले घटेको हो।

शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ६ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बिहीबार चाँदी प्रतितोला ४ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

पछिल्ला दिनमा नेपाली बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *