एमाले संसदीय दलको बैठक च्यासलमा जारी, समसामयिक राजनीतिक विषयमा छलफल
काठमाडौँ, १८ असोज । नेकपा (एमाले) संसदीय दलको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी छ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, हालै अन्त्य भएको संसद् अधिवेशनलगायतका विषयमा छलफल भइरहेको जनाइएको छ।
बैठकमा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली पनि सहभागी हुनुहुन्छ । उहाँले पार्टीका सांसदहरूलाई समसामयिक राजनीतिक विषयमा आवश्यक निर्देशन दिने बताइएको छ।
