कञ्चनपुरमा १६ लाख ८७ हजार बराबरको अवैध पटाका बरामद

कञ्चनपुर, २१ असोज । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाख ८७ हजार रुपैयाँ बराबरको अवैध पटाका बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले मङ्गलबार बेदकोट नगरपालिका-७ स्थित गाउजीबाट उक्त पटाका बरामद गरेको प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए। उनका अनुसार विशेष सूचनाका आधारमा लुकाइछिपाइ राखिएको पटाका बरामद गरिएको हो र घटनाको थप अनुसन्धान भइरहेको छ।

चाडपर्व नजिकिँदै गर्दा प्रहरीले सीमानाकामा निगरानी बढाएको छ। भारतसँग जोडिएको गड्डाचौकी नाका र महेन्द्रनगर बसपार्कलगायतका स्थानमा नागरिक सहायता कक्ष पनि स्थापना गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *