एमालेका मनोनीत १३ केन्द्रीय सदस्यले आज शपथ लिँदै

काठमाडौँ, २६ असोज । नेकपा (एमाले) का मनोनीत केन्द्रीय सदस्यहरूले आज शपथ ग्रहण गर्ने भएका छन्। पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो २ बजे हुने कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई शपथ गराउने कार्यक्रम रहेको पार्टी प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिनुभयो।

असोज २२ गतेदेखि तीन दिनसम्म चलेको पार्टीको प्रथम स्थायी कमिटी बैठकले १३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो।

शपथ ग्रहण गर्नेहरूमा सिर्जना राई (भोजपुर), सावित्रा अर्याल (रुपन्देही), इन्दु कडरिया विष्ट (कञ्चनपुर), सीता पंगेनी (नवलपुर), सीता अधिकारी (पाल्पा), डा. पुष्पा केसी भण्डारी (कास्की), धर्मनाथप्रसाद साह (सिराहा), तेजमान कन्दङवा (तेह्रथुम), टंक आङ्बुहाङ (ताप्लेजुङ), नवीन रोक्का (रोल्पा), मीनप्रसाद गुरुङ (स्याङ्जा), डवल पाण्डे (दोलखा) र तेजेन्द्र केसी (रुपन्देही) रहेका छन्।

स्थायी कमिटी बैठकले गरेको मनोनयनपछि उनीहरूले आज औपचारिक रूपमा केन्द्रीय सदस्यको जिम्मेवारी सम्हाल्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *