राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस
काठमाडौं, २९ असोज । आदिवासी जनजाति आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ।
राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित विशेष समारोहमा आयोगका अध्यक्ष रामबहादुर थापामगरले प्रतिवेदन पेस गरेका हुन्। राष्ट्रपतिको सचिवालयले यसबारे जानकारी दिएको हो।
नेपालको संविधानको धारा २९४ मा संवैधानिक आयोगले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ। सोही संवैधानिक व्यवस्थाअनुसार आयोगले वार्षिक प्रतिवेदन पेस गरेको हो।
