सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो

पाहुनाको चहलपहलले होटल व्यवसायमा उत्साह

तातोपानी कुण्डमा स्नान गर्न देशका विभिन्न ठाउँबाट पाहुना आउन थालेपछि स्थानीय होटल तथा घरबास व्यवसायमा पनि चहलपहल बढेको छ । होटल व्यवसायी समिति तातोपानीका अध्यक्ष सीता घलेका अनुसार यहाँका होटल र घरबासका कोठा पाहुनाले भरिन थालेका छन् । “यहाँ सानाठूला गरी २० वटा होटल छन् । पाहुनाले घरका कोठा र ग्यास भाडामा लिएर आफैँ खाना पकाएर बस्न पनि सक्छन्,” घलेले भन्नुभयो ।

म्याग्दी नदीमा पाइने असला माछा यहाँको विशेष परिकार हो । प्राकृतिक तातोपानीमा स्नान गर्ने, स्थानीय वातावरणमा रमाउने र यहाँका परिकारको स्वाद लिने अवसरले पनि पाहुनालाई आकर्षित गरेको व्यवसायीको भनाइ छ ।

प्राकृतिक रूपमा निस्कने तातोपानी, स्थानीयको आतिथ्य र सहज बसोबासको व्यवस्थाले सिंगा तातोपानी कुण्डलाई म्याग्दीको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पु¥याएको छ । स्वास्थ्यसम्बन्धी विभिन्न समस्या लिएर आउने पाहुनाले यहाँ स्नानपछि राहत मिलेको अनुभव सुनाएपनि थप वैज्ञानिक अनुसन्धानको आवश्यकता देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *