एलपी ग्यास उद्योग एकआपसमा गाभ्ने प्रक्रिया अघि बढाउँदै निगम

काठमाडौं, १६ कात्तिक । नेपाल आयल निगमले एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने प्रक्रिया अघि बढाएको छ ।

निगमका निर्देशक विनितमणि उपाध्यायका अनुसार एलपी ग्यासको बिक्री वितरणलाई सहज बनाउने र उपभोक्ताको हित प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न नाम तथा ब्रान्डमा सञ्चालनमा रहेका ग्यास उद्योगलाई एकआपसमा गाभ्ने नीति लिइएको हो ।

यसका लागि निगमले सबै एलपी ग्यास उद्योगलाई पत्राचार गर्दै आपसमा गाभिने कार्ययोजना तयार गरी प्रक्रिया अघि बढाउन आग्रह गरेको छ ।

उद्योगहरू एकीकृत हुँदा ग्यासको बिक्री वितरण प्रणाली थप व्यवस्थित हुने र उपभोक्ताले सहज रूपमा सेवा प्राप्त गर्ने निगमको अपेक्षा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *