सोलुखुम्बुको फेरुचेमा दुई हेलिकप्टर ठाेक्किएर दुर्घटना, एक विदेशीको मृत्यु

 

सोलुखुम्बु, १७ कात्तिक । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेमा अवतरणका क्रममा दुई हेलिकप्टर ठाेक्किएर दुर्घटना हुँदा एक विदेशी नागरिकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान ८ः११ बजे डाइनास्टिक एयर र फिस्टल एयरका हेलिकप्टर अवतरण गर्ने क्रममा दुर्घटनामा परेका हुन् । दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

मृतकको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक मौसम तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा एक यात्रु घाइते भएका छन् ।

घाइतेलाई प्रभु एयरको हेलिकप्टरमार्फत उद्धार गरी प्राथमिक उपचारका लागि लुक्ला ल्याइएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेका हेलिकप्टरका अन्य यात्रु तथा चालक दलका सदस्यको अवस्थाबारे विवरण आउन बाँकी छ ।

दुर्घटनाको कारण खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान तथा विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *