एनपिएल क्रिकेटः १७५ रनको लक्ष्य पछ्याएको जनकपुर विराटनगरसँग पराजित
काठमाडौँ, १७ कात्तिक । नेपाल प्रिमियर लिग (एनपिएल) प्रतियोगितामा विराटनगरले जित निकालेको छ । विराटनगर किङ्सले जनकपुर बोल्ट्सलाई जित्नको लागि १७५ रनको लक्ष्य दिएको थियो ।
जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेको हो । मंगलबार काठमाडौँस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा १७५ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७२ रन मात्र बनाउन सक्यो ।
जनकपुरका लागि सैफ हसनले अविजित ७१ रन बनाए । उनले ४७ बलमा २ चौका र ५ छक्का प्रहार गरे । विशाल सुश्लिङले ४३ तथा जेम्स निशमले २७ रन जोडे । विराटनगरका लागि आन्द्रे रसेलले ३ विकेट लिए । एन्जेलो म्याथ्युजले २ तथा रुपेश सिंहले १ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १७४ रन बनाएको थियो । विराटनगरका इमरान शेखले ५६, आन्द्रे रसेलले अविजित ५२ तथा लोकेश बमले ५० रन बनाए । जनकपुरका अभिषेक तिवारीले २ तथा मोइन अलीले १ विकेट लिए ।
कीर्तिपुरस्थत त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १७४ रनको योगफल बनाएको थियो ।
विराटनगरका लागि इमरान शेखले सर्वाधिक ५६ रनको योगदान दिए । उनले ४५ बलमा ५ चौका र २ छक्का प्रहार गरे । त्यस्तै आन्द्रे रसेलले २९ बलमा अविजित ५२ रन बनाए । उनले २ चौका र ५ छक्का प्रहार गरे । लोकेश बमले ४० बलमा ३ चौका र ३ चक्काको सहयोगमा ५० रन बनाए । शुभम रञ्जाने ५ बलमा ७ रनमा अविजित रहे ।
बलिङतर्फ जनकपुरका अभिषेक तिवारीले २ विकेट लिए भने मोइन अलीले १ विकेट हात पारे । जनकपुर अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।
