काठमाडौँका बलरको कमाल, विराटनगर किंग्स ८३ रनमै अलआउट

काठमाडौँ, १९ कात्तिक । काठमाडौँ गोर्खाजका बलरहरूले उत्कृष्ट प्रदर्शन गरेपछि नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स ८३ रनमै समेटिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर १९.३ ओभरमा अलआउट भयो। सुरुवातदेखि नै निरन्तर विकेट गुमाएको विराटनगरले ठूलो स्कोर बनाउन सकेन।

विराटनगरका लागि रुपेश सिंहले सर्वाधिक २६ रन बनाए। उनले २७ बलमा तीन चौका र एक छक्का प्रहार गरे। एन्जेलो म्याथ्युजले २२ र बसिर अहमदले १० रन जोडे। अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

विराटनगरले ३५ रन जोड्दा सात विकेट गुमाइसकेको थियो। त्यसपछि म्याथ्युज र रुपेशले आठौँ विकेटका लागि ४० बलमा ३९ रनको साझेदारी गर्दै टोलीको इनिङ्स सम्हाल्ने प्रयास गरे।

काठमाडौँका सन्तोष यादवले तीन ओभरमा ११ रन खर्चेर तीन विकेट लिए। सहान अराचिगे र जहानदान खानले दुई–दुई विकेट लिए भने करण केसी, शाहब आलम र देव शाहले एक–एक विकेट हात पारे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *