पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा बादल लाग्ने

काठमाडौँ, २२ कात्तिक । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज हिमाली र पहाडी भू-भागमा आंशिक बदली हुने भएको छ। तराई क्षेत्रमा भने मौसम मुख्यतः सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्र र कोशी तथा बागमती प्रदेशका हिमाली भू-भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ।

आज राति पनि गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागसहित अन्य हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। बाँकी भू-भागमा मौसम मुख्यतः सफा रहनेछ।

तराईका भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *