दरबारमार्गस्थित लाउन्ज बारमा आगलागी
काठमाडौं, २२ कात्तिक । काठमाडौंको दरबारमार्गस्थित लिक्विड लाउन्ज बारमा आइतबार बिहान आगलागी भएको छ। बिहान ९ बजेतिर आगलागी भएको सूचना प्राप्त भएपछि सुरक्षाकर्मीको टोली र दमकल घटनास्थल पुगेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाका अनुसार आगलागीबाट हालसम्म कुनै मानवीय क्षति भएको विवरण प्राप्त नभएको जनाएकाे छ ।
आगलागीको कारण भने खुल्न सकेको छैन। आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको र घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
