बिदापछिको पहिलो कारोबारमै घट्यो नेप्से, लगानीकर्तामा निराशा

काठमाडौँ, २७ कात्तिक । तिहार बिदापछिको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ । तिहारको पूर्वसन्ध्यामा सकारात्मक बनेको बजार बिदापछि खुलेको पहिलो दिन नै ओरालो लागेको हो ।

शुक्रबार नेप्से परिसूचक ६.४४ अंकले घटेर २ हजार ६४८.७७ विन्दुमा झरेको छ । यस दिन सेन्सेटिभ इन्डेक्स ०.५८ अंक, फ्लोट इन्डेक्स ०.४५ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.२३ अंकले घटेका छन् ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ । गत शुक्रबार ३ अर्ब ४६ करोड रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन ३ अर्ब ५ करोड ४२ लाख ७४ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।

बजारमा ३३५ कम्पनीका ७८ लाख ४४ हजार कित्ता सेयर ३१ हजार ३२३ पटकको कारोबारमा किनबेच भएका छन् ।

यस दिन श्वेत गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सनको सेयरमूल्य सर्वाधिक ७.५६ प्रतिशतले बढेको छ । सामलिङ पावर कम्पनीको मूल्य करिब ६ प्रतिशत र एशियन हाइड्रोपावरको मूल्य ५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

यता, कारोबारमा आएको क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक ९.५६ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा घोराही सिमेन्ट इन्डस्ट्री शीर्ष स्थानमा रहेको छ । कम्पनीको ४० करोड ७ लाख ४२ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ । त्यस्तै, सानिमा माई हाइड्रोपावर र श्वेत गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सनको १६ करोड ५० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । शिवम् सिमेन्ट्सको कारोबार रकम पनि ९ करोड रुपैयाँ नाघेको छ ।

नेप्सेमा कारोबार भएका १३ उपसमूहमध्ये चारको परिसूचक बढेको छ भने नौवटाको घटेको छ । विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत् र निर्जीवन बीमा उपसमूहमा सामान्य वृद्धि देखिएको छ ।

यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ८३.५८ अंकले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *