सुनको मूल्य तोलामा १२ हजार ६०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो
काठमाडौँ, २७ कात्तिक । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ । आज सुनको मूल्य प्रतितोला १२ हजार ६०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य १५५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ७१ हजार ७०० रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला तीन हजार ७०० रुपैयाँ निर्धारण गरिएको छ ।
यसअघि गत कात्तिक २३ गते छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । सो दिन चाँदीको मूल्य प्रतितोला तीन हजार ८५५ रुपैयाँ थियो ।
चार दिनको अवधिमा सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको हो ।
