ताप्लेजुङको ओलाङचुङगोला नजिक तिब्बत सीमा क्षेत्र आसपास केन्द्रबिन्दु भएर ५.६ म्याग्निच्युडको भूकम्प

काठमाडौं, ८ मंसिर । ताप्लेजुङको ओलाङचुङगोला नजिक तिब्बत सीमा क्षेत्र आसपास केन्द्रबिन्दु भएर गएको ५.६ म्याग्निच्युडको भूकम्पको गएको छ । मंगलबार बिहान काठमाडौँ उपत्यकामा पनि भूकम्पको धक्का महसुस भयो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीले मंगलबार बिहान ७ बजेर १७ मिनेट जाँदा ओलाङचुङगोला (ताप्लेजुङ) तिब्बत सीमा क्षेत्र नजिक केन्द्रबिन्दु भएर भूकम्प गएको जानकारी दिनुभएको छ । भूकम्पको धक्का काठमाडौँ उपत्यकासहित पूर्वी र मध्य तराईका धेरै जिल्लामा महसुस भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *