देशभरको मौसम आज मुख्यतया सफा रहने
काठमाडौँ, ८ मंसिर । देशभरको मौसम आज मुख्यतया सफा रहनेछ । नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर मौसम सफा रहनेछ ।
राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्नेछ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।
तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु र कुहिरो लाग्नेछ । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको विभागले जानकारी दिएको छ ।
