जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदी सिन्धुपाल्चोकमा पक्राउ

सिन्धुपाल्चोक, ११ मङ्सिर । जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार जगन्नाथदेवलबाट फरार भएका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ।

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा १० वर्ष कैद सजाय भोगिरहेका सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ निवासी ३६ वर्षीय विष्णु तामाङलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र मातहतको इलाका प्रहरी कार्यालय जलविरेबाट खटिएको टोलीले मंसिर ७ गते उनलाई जलविरे बजारबाट नियन्त्रणमा लिएको हो।

पक्राउ परेका तामाङलाई बाँकी कैद भुक्तानका लागि मंसिर ८ गते कारागार कार्यालय सिन्धुपाल्चोकमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *