बानेश्वरका विभिन्न क्षेत्रमा चार दिन दैनिक पाँच घण्टा विद्युत् कटौती हुने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण बानेश्वर वितरण केन्द्रले आफ्नो कार्यक्षेत्रअन्तर्गतका विभिन्न क्षेत्रमा मङ्सिर १२ गतेदेखि १५ गतेसम्म दैनिक पाँच घण्टा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ।

काठमाडौँ उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत वितरण प्रणाली भूमिगत गर्ने क्रममा भूमिगत कार्य सम्पन्न भएका केबलमा Structure fitting, HT/LT cable rising, cable connection, bushbar arrangement र cable charging लगायतका काम गर्न विद्युत् आपूर्ति बन्द गर्न लागिएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार तोकिएका चारै दिन बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुनेछ।

कार्यक्रमअनुसार आज शनिबार आलोकनगर मार्ग, आलोक मध्य मार्ग, आलोक तारा मार्ग, सावित्री मार्ग र नापी विभाग क्षेत्रमा विद्युत् कटौती हुनेछ।

त्यस्तै, भोलि आइतबार शंखमुल मार्ग, पर्सि सोमबार बुद्धनगर र बिजुली बजार क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ।

मङ्सिर १५ गते मंगलबार ३१ नं. वडा कार्यालय र तिनकुने तरकारी बजार क्षेत्रमा विद्युत् कटौती हुने प्राधिकरणले जनाएको छ।

प्राधिकरणले निर्धारित समयअघि वा पछि पनि प्राविधिक कारणले विद्युत् आपूर्ति प्रभावित हुन सक्ने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *