तुइनखोलामा पहिरो रोकथामका लागि दैनिक पाँच घण्टा सडक बन्द

काठमाडौं, १२ मङ्सिर । नारायणगढ–मुग्लिन सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि मंसिर १३ गतेदेखि दैनिक पाँच घण्टा सडक बन्द हुने भएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनले अर्को सूचना जारी नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सडक बन्द गर्ने निर्णय गरेको हो। उक्त समयमा सबै प्रकारका सवारीसाधनको आवागमन रोकिनेछ।

तुइनखोलामा पहिरो रोकथामका लागि ढुङ्गा हटाउने, भिरको स्लोप व्यवस्थापन, नेलिङ, होरिजोन्टल ड्रेन तथा बायोइन्जिनियरिङ प्रविधि अपनाइने सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।

प्राविधिक मूल्यांकनअनुसार काम सम्पन्न गर्न कम्तीमा १५ दिन सडक बन्द गर्नुपर्ने अवस्था रहेको जनाइएको छ। यस अवधिमा काठमाडौं–मुग्लिन–आँबुखैरेनी हुँदै पोखरा जाने पृथ्वी राजमार्ग भने सञ्चालनमा रहने प्रशासनले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *