क्विन्टल भनिएकाे तस्करीकाे सुन गालेपछि ६० किलो ७१६ ग्राम मात्रै
काठमाडौं, ३० साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएकाे ‘ब्रेक शु’ भित्र लुकाएर ल्याएको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम भएको छ ।
नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले ब्रेक शुबाट छुट्टयाएको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम भएको जानकारी दिनुभयाे ।
गाल्नुअघि यो सुन ६० किलो ७८९ ग्राम थियो । गाल्दा खेरि सुन ७३ ग्राम घटेको छ । अब उक्त सुनको गुणस्तर र आर्थिक परीक्षणको काम थालिने प्रमुख आचार्यले बताउनुभयाे ।
राजस्व अनुसन्धान विभागले साउन ३ गते सिनामंगलबाट सुन सहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो । त्यसबेला ब्रेक शु सहितको तौल लिइएको थियो ।