दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाखसहित दुईजना पक्राउ
काठमाडौँ, २८ वैशाख । काठमाडाैंकाे दरवारमार्गबाट स्रोत नखुलेको रकमसहित दुईजना पक्राउ परेकाे छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट गएकाे टोलीले गए राति स्रोत नखुलेको रु ९८ लाखसहित दुईजनालाई पक्राउ गरेको हाे ।
कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले यस सम्बन्धमा आजै पत्रकार सम्मेलन गरेर विस्तृत विवरण सार्वजनिक गरिने जानकारी दिनुभयो ।