कपिलवस्तुमा कोइली खोलाले बगाउँदा एकको मृत्यु

कपिलवस्तु, ३० वैशाख । वाणगङ्गा नगरपालिका–७ मा कोइली खोलाले बगाउँदा एकको मृत्यु भएको छ ।

सुकुम्बासी टोलका स्थानीय ४० वर्षीय लौटन थारुलाई आज बिहान ७ बजे दाउरा सङ्कलन गर्ने क्रममा कोइली खोलामा आएको बाढीले बगाएको हो ।

लौटनलाई बाढीले बगाएर मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपालजङग रायमाझीले बताउनुभयो ।

लौटनको शव बगाएको ठाउँबाट दुई किलोमिटर तल फेला परेको रायमाझीले बताउनुभये ।