सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम

काठमाडौं, ३ जेठ । सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । नेपाली बजारमा आज सुनको मूल्य  हालसम्मकै उच्च भएको हो।

आज छापावाल सुन अघिल्लो दिनको तुलनामा प्रतितोला १६ सय रुपैयाँले बढेर एक लाख ४० हजार रुपैयाँ पुगेको छ ।

हिजो एक लाख ३८ हजार ४ सयमा कारोबार भएको सुन आज बढेर उच्च भएकाे हाे ।

यस्तै, नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुन प्रतितोला एक लाख ३९ हजार ३०० रूपैयाँमा कारोबार भइरहेको छ भने आज चाँदी प्रतितोला ६० रुपैयाँले बढेर एक हजार ८ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।