प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति भेट्न शीतल निवास पुगे

काठमाडौं, १८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुग्नुभएका छन् ।

पछिल्लाे समय नेकपा एमाले र नेपाली कांग्रेसले नयाँ सत्ता समीकरण बनाएपछि प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतल निवास पुग्नुभएकाे हाे ।

पछिल्लो राजनीतिक अवस्थाबारे प्रधानमन्त्री ‘प्रचण्ड’ले राष्ट्रपतिसँग छलफल गर्नुभएकाे छ । प्रधानमन्त्री ‘प्रचण्ड’ले नयाँ सत्ता समीकरणबारे राष्ट्रपतिलाई जानकारी गराइएको बताइएको छ ।

त्यसअघि बसेकाे माओवादी केन्द्रको पदाधिकारी बैठकले प्रधानमन्त्री ‘प्रचण्ड’ले तत्काल राजीनामा नदिने र संसदको सामना गर्ने निर्णय गरेको थियो ।