मौद्रिक नीतिपछि खुलेको सेयर बजारमा दोस्रो सर्किट ब्रेक

काठमाडौं, १३ साउन । मौद्रिक नीतिपछि खुलेको सेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको छ ।

२० मिनेटपछि खुलेको बजारमा पुनः १ मिनेटमै ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट ब्रेक लागेको हो ।

बजार खुलेको १ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेर पहिलो सर्किट ब्रेक लाग्दा लागेकाे थियाे । त्यसपछि बजार २० मिनेटकाे फागि बन्द भएकाे थियाे ।

दोस्रो सर्किट ब्रेक लाग्दा नेप्से परिसूचक १२९ अंक बढेर २६९७ मा कायम भएको छ । दोस्रो सर्किटपछि ४० मिनेटका लागि कारोबार स्थगित भएको छ ।