हाेस्टल व्यवसायी संघ भक्तपुरद्वारा शुभकामना आदान प्रदान कार्यक्रम

भक्तपुर, १७ असाेज । हाेस्टल व्यवसायी संघ भक्तपुर जिल्ला कार्यसमितिले दशैं, तिहार, नेपाल सम्वत तथा छठकाे अवसर पारेर शुभकामना आदान प्रदान कार्यक्रम आयाेजना गरेकाे छ।

संघले पाथीभरा एकेडेमी सृजनानगरमा हाेस्टल व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष किरण शर्माकाे प्रमुख अतिथ्यतामा दशैं, तिहार, नेपाल सम्वत तथा छठकाे अवसर पारेर शुभकामना आदान प्रदान गरेकाे हाे ।

कार्यक्रममा संघका उपाध्यक्ष अनु सिटाैलाले स्वागत मन्तव्यसहित हाेस्टल व्यवसायी संघ भक्तपुर जिल्ला कार्यसमिति स्थापना भएसंगै याे संस्था अहिले क्रियाशील भएकाे बताउनुभयाे ।

भक्तपुर जिल्लाकै पहिलाे पूर्व हाेस्टल व्यावसायी तथा पाथीभरा एकेडेमी सृजनानगरका प्रमुख रमेशप्रशाद सिटाैलाले हाेस्टल व्यवसाय पूर्णरूपमा विद्यार्थीकाे भविश्यसंग जाेडिएकाे हुने हुनाले संयमित र विद्यार्थीकाे स्वास्थ्यलाइ ख्याल गर्नुपर्ने बताउनुभयाे ।

उहाँले विद्यार्थीहरूलाइ स्वस्थ्य र तन्दुरूस्त बनाउन बेलाबेला याेग ध्यान लगाएतका कार्यहरू गराउने र स्वस्थ खानपानमा ध्यानदिनुपर्ने बताउनुभयाे ।

हाेस्टल व्यवसायी संघ काठमाडाैं जिल्ला कार्य समितिका अध्यक्ष हिक्मत थापाले छाेटाे समयमा संघअन्तरगत् भक्तपुर जिल्ला कार्यसमिति सकृयरूपमा अगाडी बढीरहेकाे बताउनुभयाे ।

हाेस्टल व्यवसायी संघ ललितपुर जिल्ला कार्य समितिका अध्यक्ष सिन्धुमल्लले लापर्वाही र अवैधरूपमा चलाइएका हाेस्टलहरूकाे सुधार र अनुगमन गर्नुपर्ने बताउनुभयाे ।

कार्यक्रमका सभापती रामकुमार मानन्धरले सेवाकाे भावनाले हाेस्टल सञ्चालन गर्नुपर्ने बताउँदै विभिन्न जातजाती, भाषा, धर्म संस्कृतीका विद्यार्थीहरूलाइ एकतृत गरि राख्नु चुनाैतीपूर्ण रहेकाे बताउनुभयाे ।

कार्यक्रम भक्तपुर जिल्ला कार्यसमितिका सचिव गणेश श्रेष्ठले सञ्चालन गर्नुभएकाे थियाे भने सदस्य मिना महतले धन्यवाद ज्ञापन गर्नुभएकाे थियाे । कार्यक्रममा पाथीभरा एकेडेमी र पाथीभरा ब्वाइज हाेस्टलका बाल कलाकारहरूले नृत्य तथा साङ्गीतिक प्रस्तुती दिएका थिए ।